Sunday, June 28, 2015

सन्नी लियोनीका कारण स्टारहरूका पत्नी असुरक्षित


पोर्न स्टार हुँदै बलिउडमा पनि सफल नायिका बनेकी सन्नी लियोनी भन्छिन् कि उनकै कारण बलिउडका स्टारहरुका पत्नीहरु असुरक्षित महसुस गर्छन्। एक इन्टरभ्युमा बोल्दै उनले भनिन, “मैले अहिले सम्म जति पनि बलिउड नायकहरुसंग काम गरेको छु, ती सबै विवाहित छन्। जब मेरो भेट यी नायकहरुको पत्नीसंग हुन्छ तब म उनीहरुसंग धेरै नै समय बिताउछु। मलाइ कता कता यस्तो लाग्छ कि उनीहरुको मनमा आफ्नो पति प्रति मलाइ लिएर असुरक्षाको भावना आउछ। म ती सबै लेडिजहरुलाइ यो भन्न चाहन्छु कि मलाइ उनीहरुको पति वा ब्यायफ्रण्डमा कुनै चाख छैन, किनकी मेरो साथ दुनियाको सबैभन्दा राम्रा पति छन्।”
सन्नीले उक्त इन्टरभ्युमा उनी र उनको पतिलाइ जो कोहीले पनि निशाना बनाउन सक्ने भन्दै भनिन, “यो देश नै यस्तै छ, जहाँ कोही पनि तपाइको विरुद्धमा मुद्धा हाल्न सक्छ। अनि तपाई सफाइ दिँदै हिड्नुहोस।”

सन् २०१२ मा सन्नी लियोनीको फिल्म ‘जिस्म २’ रिलिज भएको थियो। यहि फिल्मबाट बलिउडमा डेब्यु गरेकी सन्नी पोर्न स्टार हुदै बलिउडमा स्थापित भएकी पहिलो नायिका हुन। पहिला पनि धेरैले यस्तो प्रयास गरेका भए पनि सन्नीको जति सफलता भेटेका थिएनन।

हेर्नुहोस् सन्नीका केही तस्बिरहरु,

No comments:

Post a Comment