डिभिजन थ्री क्रिकेटः नेपाल र मलेसियाबीचको खेल जारी
काठमाडौं, कात्तिक १२ -आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री क्रिकेटमा नेपालले अहिले मलेसियासँग प्रतिशपर्धा गरिरहेको छ । आफ्नो पाँचौं खेलमा मलेसियका क्वालालम्पुरमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । आफूले खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । मलेसियासँगको आजको खेल झिनो अन्तरले हारेमा पनि नेपाल डिभिजन टूमा बढुवा हुने छ । प्रतियोगितामा चार खेल खेलेको नेपालले ३ खेलमा जित हात पार्दै रनरेट प्लस २ दशमलब १०९ बनाएको छ । जवकी समान खेलमा
![]() |
समानै जित हात पारेको युगाण्डाको माइनस शून्य दशमलब ३७४ रनरेट रहेको छ । यस्तै समान ४ खेलमा २ ओटा जित हात पारेको मलेसियाको प्लस शून्य दशमलब ४६० र सिंगापुरको माइनस शून्य दशमलब ६११ रनरेट रहेको छ । यस्तै अमेरिका र बर्मुडाले समान ४ खेल खेल्दा जम्मा एक खेलमा मात्रै जित हात पारेका छन् । यी दुई टिम लगभग लगभग बाहिरिसकेका छन् । नेपालको रनरेट निकै राम्रो भएकाले कुनै चामत्कारिक नतिजा आएमात्रै नत्र कुनै पनि हालतमा नेपाल डिभिजन २ मा बढुवा हुन पुग्छ । ४ अङ्क रहेको मलेसिया र सिंगापुरले आफ्ना अन्तिम खेलहरु ठूलो अन्तरले जितेको
अवस्थामा मात्र नेपाल डिभिजन २ मा पुग्नबाट रोकिनेछ। अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टिम मात्रै डिभिजन दुईमा पु्ग्नेछन्। जसमा नेपाल र युगाण्डा पुग्ने सम्भावना बलियो देखिन्छ । शीर्ष दुई टिम बीच फाइनल बिहीबार हुनेछ। हिजोमात्रै नेपालले अमेरिकालाई डिएल मेथडको माध्यमबाट अमेरिकालाई १० रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । प्रतियोगितामा ६ अंक बटुलेको नेपाल नयुगाण्डालाई रनरेटको आधारमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आज मलेसियासँगको खेलपछि नेपालको नतिजा थप प्रश्न हुने त छ नै नेपालले डिभिजन टु मा बढुवा हुँदा नामिबियामा अर्को वर्ष १७ देखि २४ जनवरीमा हुने डिभिजन २ का लागि प्रसतश्पर्धा गर्ने अवसर पनि प्राप्त गर्नेछन । डिभिजन २ मा आयोजक नामिबियासँगै क्यानाडा, केन्या र नेदरल्यान्डस छन्।

No comments:
Post a Comment