Thursday, October 16, 2014

यौन सम्पर्कबाट इबोला

इबोला रोगको महामारी निवारण भइसकेको सोचाइ राखिएका क्षेत्रमा यौन सम्पर्कबाट यस रोगको सङ्क्रमणले सङ्कट ल्याउन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । केही दिन भित्र नाइजेरिया र सेनेगललाई आधिकारिक रूपमा इबोलामुक्त घोषणा गरिने आशा विश्व स्वास्थ्य संगठनले राखेको छ । इबोला सङ्क्रमणको कुनै पनि घटना नभएको ४२ दिन पुगे लगत्तै ती देशलाई सङ्क्रमण मुक्त मानिने छ । सङ्क्रमण सुरु भएको २१ दिन भित्र इबोलाको लक्षण देखिने भएकाले ४२ दिनसम्मलाई सुरक्षित समय सीमा तोकिएको छ । तर, अनुसन्धानबाट देखिएअनुसार इबोला रोग लागेर बाँचेका मानिसको विर्यमा ९० दिनसम्म जीवित भाइरस हुनसक्छ । त्यसैले यौन सम्पर्कबाट यो रोगले पुनः देखापर्ने खतरा औँल्याइएको छ । 
पश्चिम अफ्रिकी देशमा यसपालिको इबोला महामारीबाट हालसम्म ३४ सय मानिसको ज्यान गएको छ । गिनी, लाइबेरिया र सियरा लियोनमा सबैभन्दा बढी मानिसको ज्यान यस रोगले लियो । इबोला अन्य भाइरस भन्दा नितान्त फरक छ । यो अन्य भन्दा बढी घातक छ, यसको कुनै विशिष्ट उपचार छैन र यसका भाइरस प्रतिकूलतामा पनि जीवित रहन्छन् । दस जना मानिस इबोलाले सङ्क्रमित छन् भने ती मध्ये एक जनालाई बचाउन पनि गाह्रो हुन्छध्र
तत्कालीन जायर (अचेल प्रजातान्त्रिक गणतन्त्र कङ्गो)को इबोला नदी नजिकको याम्बुकु र त्यस वरिपरिको क्षेत्र तथा सुडानको एनजारामा सन् १९७६ मा पहिलो पटक इबोलाका रोगी देखिएका थिए । तबदेखि इबोला भाइरसले अफ्रिका महादेशलगायतका अन्य क्षेत्रका देशमा प्रभाव देखाइसकेको छ । इबोलाको सङ्क्रमण मानिसलाई मात्र भइरहेको छैन । मानिससँग मिल्दाजुल्दा जङ्गली जनावर चिम्पान्जी, गोरिल्ला, बाँदरलाई समेत यस रोगले सङ्क्रमित पार्ने गरेको छ । अफ्रिकामा जङ्गली सुँगुर खानेलाई पनि यस रोगको खतरा छ । इबोला रोगले मरेका मानिसको शव तथा पशु खाने कुकुर र स्यालका कारणले पनि रोग नियन्त्रणमा समस्या उत्पन्न भइरहेको बताइन्छ । अचानक ज्वरो आउने, निकै कमजोरी लाग्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने र घाँटी बस्ने समस्या आएमा चिकित्सकले इबोलाको सङ्क्रमण भएको आशङ्का गर्नसक्छन् । उल्लेखित लक्षणसँगै प्रायः रोगीलाई बान्ता हुने, झाडापखाल लाग्ने, मिर्गौला र कलेजोमा समस्या आउने तथा रोगले असाध्यै च्यापेमा बाह्य र आन्तरिक रक्तस्राव सुरु हुन्छध्र
जबसम्म रोगीको रगत र शरीरका अन्य द्रवमा भाइरस रहन्छ, उनीहरूलाई सङ्क्रमित मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार इबोला भाइरसले सङ्क्रमित रोगीबाट लिइएको नमूना जैविक प्रदूषणको दृष्टिले अत्यन्त खतरनाक हुन्छ । प्रयोगशालामा नमूना परीक्षण गर्दा विशेष सावधानी अपनाउनु जरुरी छ र परीक्षण पश्चात सङ्क्रमित नमूनाको विसर्जन गरिँदा पनि होस पु¥याउनु पर्छध्र
विश्व स्वास्थ्य संगठनले यहीं अक्टुबर ६ मा सार्वजनिक गरेको आफ्नो अध्यावधिक विवरणमा उल्लेख गरेको छ– निको भइरहेका पुरुषको विर्यमा ७० दिनसम्म इबोला भाइरस उपस्थित हुनसक्छ, एक अनुसन्धानले त ९० दिनसम्म भाइरस हुनसक्ने देखाएको छध्र
इबोलाबाट बचेका मानिसलाई कन्डम प्रयोग गर्न सुझाव दिन्छु । ९० दिनसम्म असुरक्षित यौन सम्पर्क नगर्नुहोस् । हामीले छ महिना वा १८० दिनसम्म यो नियम लागू गरे राम्रो । ९० दिन भनेको सम्झौता गरे सरह हुनसक्छ –सन् १९७६ मा इबोला पहिचान गर्ने एक वैज्ञानिक पिटर पियोटले भन्नुभएको छध्र
पश्चिम अफ्रिकामा इबोलाको सङ्क्रमण प्रत्येक २० देखि ३० दिनमा दोब्बर हुँदै गएको छ । यदि रोग नियन्त्रणमा आएन भने यस हिसाबले आगामी जनवरीसम्म सङ्क्रमितको सङ्ख्या १४ लाख पुग्ने छ । एजेन्सी

No comments:

Post a Comment