Sunday, July 19, 2015

सरकारले लगाएको चर्को करको विरोध गर्न सित्तैमा सेक्स सेवा

एजेन्सी 
 अस्ट्रियाको साल्जबर्ग शहरको एक वेश्यालयले सरकारले लगाएको चर्को करको विरोध गर्न अनौठो तरिका अपनाएको छ । साल्जबर्गस्थित एक वेश्यालयले  सरकारी करको विरोधमा आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो ।Image title
त्यहाँको सरकारले एकसाथ वेश्यालयमाथि चर्को कर र व्यावसायिक नियम लागू गरेपछि त्यसको विरोध भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साल्जबर्गको यो वेश्यालयले आफ्नो वेबसाइटमा सरकारलार्इ कर नतिर्ने घोषणा गरिएको  छ । 'हामी अब कर तिर्दैनौ', वेबसाइटमा भनिएको छ, 'आजैबाट यहाँ सित्तैमा प्रवेश पाइनेछ । हामी सित्तैमा मदिरा र सेक्स गर्न दिनेछौं ।'
सो वेश्यालयले पैसाको कारोबार नभएपछि सरकारले कर असुल्नै नसक्ने दाबी गरेको छ । आइतबार सञ्चारकर्मीले वेश्यालयमा फोन गरेर सित्तैमा सेक्स सुविधाबारे सोध्दा यो ठट्टा नभइ सत्य कुरा भएको बताएकी थिइन् ।
वेश्यालयका मालिक हर्मन म्युलरका अनुसार उनको यो अभियान सेक्स कारोबार नियन्त्रण र दण्डात्मक करको विरुद्ध हो ।
अस्ट्रियाका सञ्चारमाध्यममा देखाइएका तस्बिरमा सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि मानिसहरु लाइन लागेको देखाइएको छ । तर ती वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स सेवा दिने कर्मचारीलार्इ भने पूरा पारिश्रमिक दिने जनाएका छन् ।

No comments:

Post a Comment