स्विडेनको क्यारोलिनस्का इन्स्टिच्युटको नोबेल एसेम्बलीले सन् २०१४ को चिकित्साशास्त्रको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिने निर्णय गरेको छ, जसले मस्तिष्कको भित्री जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीको खोज गरेका छन् । मस्तिष्कले हाम्रो वरिपरीको अवस्था कसरी नक्साङ्कन गर्छ र हाम्रो चारैतिरको जटिल वातावरणसँग दिमाग कसरी अभ्यस्त हुन्छ भन्ने प्रश्न धेरै पहिलेदेखि वैज्ञानिकको मथिङ्गलमा थियो । बेलायती र अमेरिकी नागरिकता प्राप्त तथा युनिवर्सिटी कलेज लन्डनको न्युरल सर्किट्स एन्ड बिहेभियर सेन्टरमा कार्यरत जोन ओ’किफलाई नोबल एसेम्बलीले पुरस्कारको आधा रकम दिनेछ । बाँकी आधा रकम नर्वेजेली वैज्ञानिकद्वय तथा ट्रोन्डेहिमको न्युरोसाइन्स इन्स्टिच्युट्समा कर्यरत एड्भर्ड आई मोजर र मे ब्रिट मोजरलाई प्राप्त हुने छ । एड्वर्ड र मे पति पत्नी हुन्ध्र
सन् १९७१ मा जोन ओ’किफले मस्तिष्कमा जीपीएस प्रणालीको पहिलो तत्व पत्ता लगाउनुभएको थियो । मुसा कोठाको एक विशेष स्थानमा रहँदा उसको मस्तिष्कको हिपोक्याम्पसको एक क्षेत्रमा रहेको एक प्रकारका स्नायु कोष सक्रिय हुने तथ्य थाहा पाएपछि जोनले ती कोषलाई प्लेस सेल नाम दिनुभयो । कोठाको नक्साङ्कनमा ती कोषको भूमिका रहने ठहर उहाँको थियो ।
तीन दशकपछि सन् २००५ मा मस्तिष्कको भित्री जीपीएसको महìवपूर्ण तत्व पत्ता लगाइयो । एड्वर्ड र मे ले अर्को प्रकारका स्नायु कोष मस्तिष्कको इन्टोरेनल कोर्टेक्समा खोज्नुभयो । ग्रिड सेल नाम दिइएका ती कोषले सटिक स्थानको पहिचान र मार्गदर्शनका लागि संयोजनको काम गर्छन् । यी खोजपछि वैज्ञानिकले प्लेस सेल र ग्रिड सेल हिपोक्याम्पस र इन्टेरेनल कोर्टोक्सबीचको सर्किटले जोडिएको पत्ता लगाउनमा सफलता पाए । यस संयोजनबाट मस्तिष्कले स्थानको निर्धारण र गतिशीलतामा सहयोग पाउँछ । तथापि उहाँहरूको यो सफलता प्रयोगशालाको मुसामा प्राप्त भएको थियो । हालैका वर्षमा मस्तिष्कको इमेजिङ प्रविधिमा मिलेको सफलता र मस्तिष्कको शल्यक्रिया गराएका मानिसमाथि गरिएको अनुसन्धानबाट मानव मस्तिष्कमा पनि प्लेस र ग्रिड सेलहरू रहेको पत्ता लागेको छ । उहाँहरूको यस खोजले मानिसको स्मरण, सोचाइ र योजना जस्ता पक्षमा मस्तिष्कमा चल्ने प्रक्रियालाई बुभ्mन सहयोग पुग्ने छ ।
अल्झाइमर रोगको प्रारम्भिक अवस्थामा हिपोक्याम्पस र इन्टेरेनल कोर्टोक्स प्रायः प्रभावित भएका हुन्छन् । यस रोगले पीडित मानिसलाई आफ्नो वरिपरिको अवस्था पहिचान गर्न कठिनाइ हुन्छ । मस्तिष्कको भित्री जीपीएसका बारेमा जानकारी हासिल भएपछि अल्झाइमर रोगले पीडित मानिसको उपचारमा ठूलो सहयोग पुग्ने छ । एजेन्सी

No comments:
Post a Comment